
लन्डन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले उक्त प्रतिवेदन एकपक्षीय, तथ्यहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै त्यसको कार्यान्वयन रोक्न माग गरेको छ ।
मञ्चका अध्यक्ष रमेश पाण्डे र सचिव चानक पोखरेलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति निन्दा गर्दै तत्काल रिहाइको माग गरेको छ । साथै, राजनीतिक प्रतिशोधबाट प्रेरित निर्णय नगर्न र लोकतान्त्रिक मूल्य–मान्यता तथा विधिको शासनको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।
मञ्चले राष्ट्रिय एकता, संवाद र लोकतान्त्रिक स्थिरता कायम राख्न सरकार जिम्मेवार बन्नुपर्ने बताउँदै आफ्ना माग सम्बोधन नगरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएको छ ।

वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ