
लन्डन । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा बेलायत आउनुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ बेलायत शाखाको १४औं स्थापना दिवस तथा वार्षिक साधारणसभामा सहभागी हुन लन्डन आउनुभएको हो ।
शुक्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएका उहाँलाई एफएनजे यूकेको टोलीले स्वागत गरेको छ । उहाँको स्वागतका लागि एफएनजे यूकेकी अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी र महासचिव खेमराज रानाभाटलगायतका पदाधिकारीहरू एयरपोर्ट पुग्नुभएको थियो ।
संघको स्थापना दिवस तथा साधारणसभा यही आइतबार, ३ अगस्ट २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । कार्यक्रममा बेलायतस्थित नेपाली सञ्चारकर्मीहरू, समुदाय प्रतिनिधिहरू तथा अतिथिहरूको उपस्थिति रहने छन् ।

दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल