
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरद्वारा प्रदान गरिँदै आएको ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०८१’ का लागि प्राप्त पुस्तकहरूमध्येबाट उत्कृष्ट १० कृतिहरूको सूची सार्वजनिक गरिएको छ ।
समाजद्वारा गठित निर्णायक समितिले विस्तृत मूल्यांकनपछि छानिएका १० उत्कृष्ट पुस्तकहरूको सूची बिहीबार सार्वजनिक गरेको हो । अब तीमध्ये एक कृतिलाई अगस्ट ५ मा अन्तिम विजेता घोषणा गरिने जनाइएको छ ।
विजेता घोषणा भइसकेपछी आगामी अगस्ट ९ तारिख लन्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रमका अवसरमा पुरस्कृत गरिने जानकारी पुरस्कार समितिका संयोजक रुपक श्रेष्ठले जानकारी दिनुभयो ।
सूचीमा समावेश कृतिहरू यस प्रकार छन्:
१. श्रीधर खनाल – सावर्णि (उपन्यास)
२. ठाकुर बेलवासे – छोटहरुको उत्सव (कवितासंग्रह)
३. जीत बुढाथोकी छन्त्याल – यानीमाया (मुक्तकसंग्रह)
४. लालगोपाल सुवेदी – अति प्रतीत्य समुत्पाद–शून्य शून्य महाशून्य (कवितासंग्रह)
५. सूर्य खड्का विखर्ची – अर्जुन–उलूपी (खण्डकाव्य)
६. डा. राजकुमार छेत्री – अक्षरका आयाम (भूमिका संग्रह)
७. सुमन थापा ‘संगम’ – अभ्युदय (कवितासंग्रह)
८. सबी श्रेष्ठ – अपरिभाषित आभा (मुक्तकसंग्रह)
९. खगेन्द्र गिरी ‘कोपिला’ – पर्जन्य मास (नियात्रासंग्रह)
१०. विजय हितान – मलाई आर्यघाट लगेर नजलाउनू (कवितासंग्रह)

बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ