
लन्डन । एनआरएनए यूकेले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ ।
‘उज्यालो नेपाल’ अभियानसहित अमेरिकाबाट लन्डन आउन लाग्नुभएका घिसिङसँग आगामी १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा भेटघाट कार्यक्रम हुने एनआरएनए यूकेले जनाएको छ । उहाँलाई पाइपर धुनका साथ स्वागत गरेर नागरिक अभिनन्दन गरिने छ ।
अध्यक्ष प्रेम गाहामगरले घिसिङसँग साक्षात्कार गर्न बेलायतस्थित नेपाली समुदाय निकै उत्साहित भएको बताउनुभएको छ । ‘अहिले नै नेपाली संघसंस्थाले २२ वटा टेबल बुक गरिसक्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘हामी ठूला संघसंस्थाहरु र व्यक्तिलाई समेत आमन्त्रण गर्दछौँ । किनकि उज्यालोका प्रतीक र देशलाई केही गर्छु भन्ने निस्वार्थ भावना भएका व्यक्ति कुलमानसँग साक्षात्कारको अवसर फेरि नआउन सक्छ ।’
टेबलमै अनलिमिटेड ड्रिंक्स, थ्री कोर्स मील अनि मोना यूके युथको कल्चरल टिमबाट ननस्टप सांस्कृतिक प्रस्तुतिले कार्यक्रम बेजोड हुने एनआरएनए यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले दाबी गर्नुभयो । उहाँका अनुसार अन्तरक्रियापछि मोना यूकेले निरन्तर मनोरन्जन प्रदान गर्नेछ ।
उहाँले बेलायतवासी समस्त नेपाली र विशेषगरी भूतपूर्व गोर्खाहरुलाई कार्यक्रममा आउन अपिल गर्नुभयो । उक्त कार्यक्रमको प्रमुख संयोजक उपाध्यक्ष तीर्थबहादुर मल्ल (अनिल) रहनुभएको छ । घिसिङ ११ अगस्टमा लन्डन आउनुहुने कार्यक्रम छ ।
नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला घिसिङले नेतृत्व सम्हाल्दै लोडसेडिङ मुक्त बनाउनुभएपछि उहाँको चर्चा चलिरहेको छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित