
लन्डन |नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ ।
महासंघका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रेम दुराले २७ जुलाई २०२५ आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुहुँदै आउँदो ९ र १० अगस्टका दिन किरात हाउस ग्याम्बल्सलेनको मैदानमा ३१औँ विश्व आदिवासी (मूलवासी) दिवस भव्य रूपमा मनाउनले जानकारी दिनुभएको हो ।
पहिलो दिन शनिबार युवा, भेट्रान (पुरुष), महिला समूहबीच भलिबल प्रतियोगिता गरिनेछ । प्रतियोगितामा विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । युवा पुरुष समूहका लागि प्रथम पुरस्कार १६ सय पाउन्ड, द्वितीय पुरस्कार १ हजार पाउन्ड र भेट्रान समूह प्रथम पुरस्कार १ हजार र द्वितीय पुरस्कार ६ सय पाउन्ड रहेको छ ।
महिला समूहका लागि पनि प्रथम पुरस्कार १ हजार र द्वितीय पुरस्कार ६ सय पाउन्ड दिइने छ ।
कार्यक्रमको दोस्रो दिन आइतबार १० अगस्टमा झाँकी प्रदर्शन, धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र १ तोला सुन पुरस्कार रहेको लक्की ड्रजस्ता विभिन्न आकर्षक कार्यक्रम हुनेछन् ।
दुई दिने कार्यक्रम अवधिभर स्थानीय उत्पादन, जानकारीमूलक तथा मनोरञ्जनात्मक स्टलहरू, खाद्य तथा व्यापारिक स्टलहरू र सांस्कृतिक प्रदर्शनीहरू समेत रहने छन् । आयोजकले इच्छुक व्यवसायी तथा समूहलाई आफ्नो स्टल राख्न ५ अगस्टभित्र बुकिङ गरिसक्न आग्रह गरेका छन् ।
कार्यक्रममा बेलायतभरिका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकारहरू तथा नेपाली समुदायको सक्रिय सहभागिता रहने जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई निमन्त्रणा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागिता जनाइ सांस्कृतिक पहिचान, भाषा, इतिहास र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउन अध्यक्ष मेजर राई र महासचिव दुराले आह्वान गर्नुभएको छ ।

बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा