
लन्डन |नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले ३१औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ ।
महासंघका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रेम दुराले २७ जुलाई २०२५ आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुहुँदै आउँदो ९ र १० अगस्टका दिन किरात हाउस ग्याम्बल्सलेनको मैदानमा ३१औँ विश्व आदिवासी (मूलवासी) दिवस भव्य रूपमा मनाउनले जानकारी दिनुभएको हो ।
पहिलो दिन शनिबार युवा, भेट्रान (पुरुष), महिला समूहबीच भलिबल प्रतियोगिता गरिनेछ । प्रतियोगितामा विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । युवा पुरुष समूहका लागि प्रथम पुरस्कार १६ सय पाउन्ड, द्वितीय पुरस्कार १ हजार पाउन्ड र भेट्रान समूह प्रथम पुरस्कार १ हजार र द्वितीय पुरस्कार ६ सय पाउन्ड रहेको छ ।
महिला समूहका लागि पनि प्रथम पुरस्कार १ हजार र द्वितीय पुरस्कार ६ सय पाउन्ड दिइने छ ।
कार्यक्रमको दोस्रो दिन आइतबार १० अगस्टमा झाँकी प्रदर्शन, धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र १ तोला सुन पुरस्कार रहेको लक्की ड्रजस्ता विभिन्न आकर्षक कार्यक्रम हुनेछन् ।
दुई दिने कार्यक्रम अवधिभर स्थानीय उत्पादन, जानकारीमूलक तथा मनोरञ्जनात्मक स्टलहरू, खाद्य तथा व्यापारिक स्टलहरू र सांस्कृतिक प्रदर्शनीहरू समेत रहने छन् । आयोजकले इच्छुक व्यवसायी तथा समूहलाई आफ्नो स्टल राख्न ५ अगस्टभित्र बुकिङ गरिसक्न आग्रह गरेका छन् ।
कार्यक्रममा बेलायतभरिका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकारहरू तथा नेपाली समुदायको सक्रिय सहभागिता रहने जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई निमन्त्रणा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागिता जनाइ सांस्कृतिक पहिचान, भाषा, इतिहास र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउन अध्यक्ष मेजर राई र महासचिव दुराले आह्वान गर्नुभएको छ ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला