
लन्डन । व्यवसाय र संघसंस्थालाई सफल तथा प्रभावकारी बनाउने उद्देश्यले माउस टेल वेब सर्भिसेसले आगामी अगस्ट अन्तिम साता दुई दिने विशेष तालिम सञ्चालन गर्ने भएको छ ।
नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिने उक्त तालिम शनिबार ३० र आइतबार ३१ अगस्ट २०२५ मा भौतिक, जूम र हाइब्रिड माध्यमबाट सञ्चालन गरिनेछ । कार्यक्रमका आयोजक तथा माउस टेल वेब सर्भिसेसका प्रोपाइटर मानबहादुर गुरुङका अनुसार तालिममा व्यापार कसरी सफल बनाउने, संघसंस्था कसरी संगठित, सुदृढ र प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ।
तालिममा नेतृत्व विकास, रणनीति निर्माण, संस्थागत संरचना, नवप्रतिभा परिचालन, कार्यस्थलमा खुसी र सन्तुलन, स्वास्थ्य, वित्तीय व्यवस्थापन, विज्ञापन र ब्रान्डिङ जस्ता महत्वपूर्ण पक्षहरू समेटिनेछ ।
तालिम अल्डरसटमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । संस्थागत ४९५ र व्यक्तिगत ३९५ पाउन्ड शुल्क लाग्ने जनाइएको छ ।
प्रशिक्षकका रूपमा एमबीए तथा एमए इन इन्टरनेशनल ह्युमन रिसोर्स म्यानेजमेन्ट र सामुदायिक नेतृत्वमा विशेषज्ञता हासिल गरेका मान गुरुङसहित अन्य अनुभवी व्यावसायिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
नेपाल समुदायलाई प्रभावकारी नेतृत्व र संस्थागत सुदृढीकरणमा प्रेरित गर्न यो तालिम महत्त्वपूर्ण हुने आयोजकले जनाएका छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला