
लन्डन । व्यवसाय र संघसंस्थालाई सफल तथा प्रभावकारी बनाउने उद्देश्यले माउस टेल वेब सर्भिसेसले आगामी अगस्ट अन्तिम साता दुई दिने विशेष तालिम सञ्चालन गर्ने भएको छ ।
नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिने उक्त तालिम शनिबार ३० र आइतबार ३१ अगस्ट २०२५ मा भौतिक, जूम र हाइब्रिड माध्यमबाट सञ्चालन गरिनेछ । कार्यक्रमका आयोजक तथा माउस टेल वेब सर्भिसेसका प्रोपाइटर मानबहादुर गुरुङका अनुसार तालिममा व्यापार कसरी सफल बनाउने, संघसंस्था कसरी संगठित, सुदृढ र प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ।
तालिममा नेतृत्व विकास, रणनीति निर्माण, संस्थागत संरचना, नवप्रतिभा परिचालन, कार्यस्थलमा खुसी र सन्तुलन, स्वास्थ्य, वित्तीय व्यवस्थापन, विज्ञापन र ब्रान्डिङ जस्ता महत्वपूर्ण पक्षहरू समेटिनेछ ।
तालिम अल्डरसटमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । संस्थागत ४९५ र व्यक्तिगत ३९५ पाउन्ड शुल्क लाग्ने जनाइएको छ ।
प्रशिक्षकका रूपमा एमबीए तथा एमए इन इन्टरनेशनल ह्युमन रिसोर्स म्यानेजमेन्ट र सामुदायिक नेतृत्वमा विशेषज्ञता हासिल गरेका मान गुरुङसहित अन्य अनुभवी व्यावसायिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
नेपाल समुदायलाई प्रभावकारी नेतृत्व र संस्थागत सुदृढीकरणमा प्रेरित गर्न यो तालिम महत्त्वपूर्ण हुने आयोजकले जनाएका छन् ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ