लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एसोसिएसन यूकेले नेपालका भूकम्प पीडितलाई दुई लाख ७५ हजार रुपैंया सहयोग गरेको छ ।
एसोसिएसन अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार लण्डनस्थित कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । एसोसिएसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा हुनेछ ।
बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एसोसिएसनले जनाएको छ ।
बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एसोसिएसन यूकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिमा सक्दो सहयोग पुर्याउंदै आइरहेको छ ।
उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सेफ एसोसिएसन यूकेले प्रशंसनीय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताएका थिए । बेलायतमा सेफहरुको पेशा अत्यन्तै सम्मानजनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढि सक्रिय भएर लाग्न आग्रह गरे । अहिलेको अवस्थामा गोर्खा पछि बेलायतमा सेफ पेशा बढि सुरक्षित रहेको क्षेत्रीले बताए ।
एसोसिएसन अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भएपनि सहयोग गर्न पाउंदा आफूहरुलाई खुशी लागेको बताए । उनले रकम संकलनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए । बेलायतको टाढा टाढा रहेर पनि मातृभूमिको सेवामा सहयोग गर्ने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनमा पनि सहयोग गर्न आव्हान गरे ।
एसोसिएसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भूकम्पबाट क्षतिग्रस्त स्कुलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार, छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरिने छ ।
सहयोग रकम हस्तान्तरणका अवसरमा एसोसिएसन अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्म चापागाईं, रामु कंडेल, रामसिंह थापा, दिपक आचार्य लगायत सहभागी थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने