
लण्डन । मगर संघ यूके पश्चिम लण्डन शाखामा नयाँ कार्यसमिति चयन भएको छ ।
पश्चिम लण्डनस्थित पिटर वे हेज हलमा शनिबार १९ जुलाईमा भएको शाखाको छैटौं अधिवेशनले लोक थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका बोम थापा सूर्यवंशी मगरले दिनुभएको जानकारी अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा लोक थापा मगर, उपाध्यक्ष ज्ञान बहादुर थापा मगर, महिला उपाध्यक्ष मैयाँ राना मगर, सचिव प्रसन थापा मगर, सहसचिव नवीन पुन मगर, कोषाध्यक्ष पीताम्बर राना मगर र सहकोषाध्यक्षमा आरती थापा मगर चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा विमला पुन मगर, तोमी थापा गर्बुजा मगर, मीन थापा मगर, पार्वती पुन मगर, सूर्यवंशी मगर, पूर्णमाया पुन मगर, सुमी राना मगर र चन्द्र रोका मगर चयन हुनुभएको छ ।
नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा नेतृत्व हस्तान्तारण शनिबार नै सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि टेक राना मगर, बोम थापा सूर्यवंशी मगर र गणेश राना मगर रहेको निर्वाचित समिति थियो ।
अधिवेशनमा मगर संघ यूकेका कोषाध्यक्ष मोहन थापा मगर, क्याप्टेन कृष्ण पुन मगर, छविलाल खोर्जा मगर, तेज शेरपुन्जा मगर लगायत संघका सल्लाहकार तथा सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित