
लन्डन । नेपाल पत्रकार महासंघ यूके (एफएनजे यूके)ले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ शीर्षकमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।
अध्यक्ष बिमला सेने र महासचिव खेमराज रानाभाटले आइतबार विज्ञप्ति जारी गर्दै ती समाचारलाई भ्रामक, निराधार, कपोलकल्पित र तथ्यहीन भन्दै स्पष्ट खण्डन गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ यूकेको पूर्वअध्यक्ष भन्दै विपिन निरौलाले पठाएको भनिएको इमेलका आधारमा तयार पारिएको समाचार पूर्णतः तथ्यविहीन छ। स्वयं निरौला पत्रकार महासंघ यूकेको अध्यक्ष कहिल्यै भएका छैनन्।”
महासंघले निरौलाले आफूलाई अध्यक्षको रुपमा प्रस्तुत गर्दै भ्रम फैलाउने कार्यले संस्थाको गरिमा प्रभावित पार्ने प्रयास भएको भन्दै चेतावनी पनि दिएको छ। विज्ञप्तिमा यस्तै उल्लेख छ, ‘बेलायत शाखाले हालसम्म अधिवेशन तथा स्थापना दिवसका सन्दर्भमा औपचारिक रूपमा कसैलाई पनि निमन्त्रणा गरेको छैन।’ महासंघले समाचार प्रकाशन गर्दा सरोकारवाला पक्षसँग आधिकारिक प्रतिक्रिया नलिई प्रकाशित गर्ने अभ्यासले सम्पूर्ण पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा आघात पुग्ने जनाएको छ।
त्यस्तै, सस्तो लोकप्रियताका लागि अतिरञ्जित समाचार लेख्ने र पेशागत धर्म बिर्सने प्रवृत्तिको समेत भर्त्सना गरिएको छ। महासंघले यस्ता कार्य नगर्न सम्बन्धित सञ्चारकर्मीहरूलाई आग्रह गर्दै भविष्यमा यस्ता भ्रामक सामग्रीबाट टाढा रहन अनुरोध गरेको छ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला