
लन्डन । नेपाल पत्रकार महासंघ यूके (एफएनजे यूके)ले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ शीर्षकमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ ।
अध्यक्ष बिमला सेने र महासचिव खेमराज रानाभाटले आइतबार विज्ञप्ति जारी गर्दै ती समाचारलाई भ्रामक, निराधार, कपोलकल्पित र तथ्यहीन भन्दै स्पष्ट खण्डन गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ यूकेको पूर्वअध्यक्ष भन्दै विपिन निरौलाले पठाएको भनिएको इमेलका आधारमा तयार पारिएको समाचार पूर्णतः तथ्यविहीन छ। स्वयं निरौला पत्रकार महासंघ यूकेको अध्यक्ष कहिल्यै भएका छैनन्।”
महासंघले निरौलाले आफूलाई अध्यक्षको रुपमा प्रस्तुत गर्दै भ्रम फैलाउने कार्यले संस्थाको गरिमा प्रभावित पार्ने प्रयास भएको भन्दै चेतावनी पनि दिएको छ। विज्ञप्तिमा यस्तै उल्लेख छ, ‘बेलायत शाखाले हालसम्म अधिवेशन तथा स्थापना दिवसका सन्दर्भमा औपचारिक रूपमा कसैलाई पनि निमन्त्रणा गरेको छैन।’ महासंघले समाचार प्रकाशन गर्दा सरोकारवाला पक्षसँग आधिकारिक प्रतिक्रिया नलिई प्रकाशित गर्ने अभ्यासले सम्पूर्ण पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा आघात पुग्ने जनाएको छ।
त्यस्तै, सस्तो लोकप्रियताका लागि अतिरञ्जित समाचार लेख्ने र पेशागत धर्म बिर्सने प्रवृत्तिको समेत भर्त्सना गरिएको छ। महासंघले यस्ता कार्य नगर्न सम्बन्धित सञ्चारकर्मीहरूलाई आग्रह गर्दै भविष्यमा यस्ता भ्रामक सामग्रीबाट टाढा रहन अनुरोध गरेको छ।

एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित