
लन्डन । धादिङ नुवाकोट समाज यूकेको समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा हन्स्लो लन्डनमा भेटघाट कार्यक्रम भएको हो । प्रमुख अतिथि लामा र अध्यक्ष पाख्रिनले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुएको थियो ।
मुख्यमन्त्री लामाले बेलायतमा बसोबास गर्ने धादिङ र नुवाकोटवासी सबैलाई गोलबद्ध गरेर दुःख सुःखमा साथ दिने संस्थाको काम प्रशंसनीय रहेको बताउनुभयो । समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) ले मुख्यमन्त्रीको उपस्थितिले सबैलाई गौरव तुल्याएको बताउनुभयो ।
कार्यक्रममा स्वर्ण पदक विजेता अन्तर्राष्ट्रिय मार्सल आर्टस खेलाडी सरिना घलेलाई सम्मान गरिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामा, समाजका अध्यक्ष धन पाख्रिन, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले सम्मान प्रदान गर्नुभएको हो ।
त्यस्तै बेलायती विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अवार्ड, नेपालबाट आएका राष्ट्रिय कलाकारहरु देवी घर्ती, पवित्रा गुरुङ र लक्ष्मी खड्का, यूकेका कुमार योन्जनसहित स्थानीय कलाकारहरु तथा विजेता फुटबल खेलाडीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको समाजका अध्यक्ष तामाङले बताउनुभयो ।
उपाध्यक्ष मोतिमान बज्राचार्यले स्वागत मन्तव्य र उपाध्यक्ष गोल बहादुर तामाङले ‘हेल्थ एण्ड सेफ्टी’ जानकारी गराएको कार्यक्रम महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गर्नुभएको थियो ।
सांस्कृतिक सचिव कृष्ण पाख्रिनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्का एवं लन्डनवासी गायक कुमार योन्जनले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । सोनी गुरुङ, सविना गुरुङ, सुमिना तामाङ, इशानी घले, प्रशंसा गुरुङ र स्मृति थापाले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
सोही दिन भएको डीएनएस फुटबल कप-२०२५ मा तामाङ समाज यूके च्याम्पियन बन्यो । विजेता टिमलाई ३०० पाउण्ड नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा नेपलिज ब्रर्दस दोस्रो र बीजीएफसी तेस्रो भए ।
कार्यक्रममा राफल ड्र पनि खेलाइएको थियो । कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधि, धादिङ तथा नुवाकोटबाट बेलायत आएकाहरुको बाक्लो उपस्थिति थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला