
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)का अध्यक्ष प्रेम गाहामगरले यही जुलाई २६–२७ मा हुने भनिएको अधिवेशनलाई अवैध र समाज विखण्डन गर्ने प्रयास भन्दै अस्वीकार गर्नुभएको छ ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार १६ जुलाईमा आयोजित पत्रकार सम्मेलनमा, गाहामगरले विगत पाँच वर्षदेखि बेलायतमा जारी विवाद समाधानका लागि सर्वोच्च अदालतको परमादेशअनुसार डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले एकता महाधिवेशनमार्फत वैधानिक समिति गठन गरिसकेको बताउनुभयो । उहाँका अनुसार उक्त समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिई जेठ ८ गते विश्वभरका नियोगहरूमा पत्राचार गरिसकेको छ। उहाँले नेपाली दूतावास लन्डनले हितकाजी गुरुङ समूहको आसन्न अधिवेशनलाई मान्यता नदिने दाबी गर्नुभयो ।
गाहामगरले एमाले निकट डा. बद्री केसी समूहले जातीय द्वन्द्व ल्याएर समाज भाँड्न खोजेको आरोपसमेत लगाउनुभयो । साथै, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरू संघर्षरत रहेको र भ्रष्टाचारकै कारण एनआरएनएमा विवाद बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकार डा. भीम पुन, राजकुमार त्रिपाठी (आरके), पूर्वअध्यक्ष योगेन क्षेत्री, प्रवक्ता डा. कुलप्रसाद कँडेल, आइसीसी सदस्यहरु शारदा गुरुङ, ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन, गोमा राना, हितमान गुरुङ,टंक गुरुङ,मनिष खालिङ, अजयसिंह ठकुरी, पहिलो नेपाली तारा दिपक लिम्बु,नायिका रेखा लिम्बुलगायतको उपस्थिति थियो
अध्यक्ष गाहामगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन भएको थियो । एनआरएनए यूके गाहामगर समूह गत मार्चमै चयन भएको थियो ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित