
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)का अध्यक्ष प्रेम गाहामगरले यही जुलाई २६–२७ मा हुने भनिएको अधिवेशनलाई अवैध र समाज विखण्डन गर्ने प्रयास भन्दै अस्वीकार गर्नुभएको छ ।
अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार १६ जुलाईमा आयोजित पत्रकार सम्मेलनमा, गाहामगरले विगत पाँच वर्षदेखि बेलायतमा जारी विवाद समाधानका लागि सर्वोच्च अदालतको परमादेशअनुसार डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले एकता महाधिवेशनमार्फत वैधानिक समिति गठन गरिसकेको बताउनुभयो । उहाँका अनुसार उक्त समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिई जेठ ८ गते विश्वभरका नियोगहरूमा पत्राचार गरिसकेको छ। उहाँले नेपाली दूतावास लन्डनले हितकाजी गुरुङ समूहको आसन्न अधिवेशनलाई मान्यता नदिने दाबी गर्नुभयो ।
गाहामगरले एमाले निकट डा. बद्री केसी समूहले जातीय द्वन्द्व ल्याएर समाज भाँड्न खोजेको आरोपसमेत लगाउनुभयो । साथै, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरू संघर्षरत रहेको र भ्रष्टाचारकै कारण एनआरएनएमा विवाद बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकार डा. भीम पुन, राजकुमार त्रिपाठी (आरके), पूर्वअध्यक्ष योगेन क्षेत्री, प्रवक्ता डा. कुलप्रसाद कँडेल, आइसीसी सदस्यहरु शारदा गुरुङ, ओमप्रसाद थापा, श्रीप्रसाद गुरुङ, श्रीप्रसाद गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन, गोमा राना, हितमान गुरुङ,टंक गुरुङ,मनिष खालिङ, अजयसिंह ठकुरी, पहिलो नेपाली तारा दिपक लिम्बु,नायिका रेखा लिम्बुलगायतको उपस्थिति थियो
अध्यक्ष गाहामगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलन महासचिव जुरेन्द्र खजुम लिम्बुले सञ्चालन भएको थियो । एनआरएनए यूके गाहामगर समूह गत मार्चमै चयन भएको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला