
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति यूकेको अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले बुधबार सार्वजनिक अन्तिम नामावलीअनुसार अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेलबीच प्रतिस्पर्धा हुने भएको हो । खुला उपाध्यक्षमा पनि उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी कायम भएको छ । दुई जना निर्वाचित हुने यस पदमा डा.रक्षा थापा, तिलकराम भट्टराई, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आले उम्मेदवार हुनुहुन्छ ।
आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म भएको मनोनयन दर्ता भएको थियो । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइनमार्फत मतदान हुँदैछ ।





झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ