लन्डन । आम नेपालीको सपनाको देश बेलायत । यहां आएर आफ्नो भविष्य सुनौलो बनाउन लालयित नेपाली असंख्य छन् । करिब १८ वर्ष अघि यस्तै सुन्दर भविष्य कल्पेर बेलायत उत्रिएका गुल्मी आंपचौरका आनन्द खरालको भविष्य त परै जाओस्, अवस्था नै अत्तो पत्तो नहुंदा परिवार विक्षिप्त छ ।
वि.स. २०४७ अर्थात २५ वर्ष अघि नेपाल छाडेर जर्मनी, बेल्जियम हुंदै करिव १८ वर्ष अघि लन्डन उत्रिएका आनन्दले पछिल्लोपटक सन् २००८ मा परिवारलाई टेलिफोन सम्पर्क गरेका थिए । तर, त्यसयता उनी सम्पर्कविहीन भएको भान्जा खोज्दै यहां आइपुगेका मामा लेखनाथ घिमिरेले वीनेपालीलाई जनाए । सम्पर्कमा आउंदा आनन्दले आफू लन्डनमा सेफको काम गर्ने गरेको र लन्डन बेटरसी पार्क तथा पट्नीमा बस्ने बताएका थिए ।
‘जिउंदो, मरेको केही थाहा भएन । हामीलाई केवल एक कल फोन गरेर आफ्नो अवस्थामात्र भनिदिए पनि पुग्थ्यो’, आफ्नी श्रीमतिका साथ महिनादिन अघि भान्जा खोज्न यहां आएका घिमिरेले चिन्ता व्यक्त गर्दै भने ।
हाल हेस्टिंग बसिरहेका घिमिरेले यहां आएर इष्टमित्र, साथीभाइ र नेपाली समुदायमा भान्जा खोजीदिन अपिल गरिरहेका छन् । प्रहरीतिर भने शिकायत नगरिएको उनले जनाए ।
गहुंगोरो र खाइलाग्दा अन्दाजी ४३ वर्षीय आनन्दको अज्ञात अवस्थाले बाबु आमा, एकजना दाई र दुई बहिनी विक्षिप्त छन् ।
पुर्खौली घर गुल्मी आंपचौर भएका खरालको परिवार यतिबेला दिव्यपुरी ३ केउरेनी नवलपरासीमा छ । बाबु हिरालाल खराल वरिष्ठ समाजसेवीका रुपमा गाउंमा नाम चलेका व्यक्ति हुन् । बेलायतमा बेपत्ता आफ्ना छोरा सम्झेर उनकी आमा नारायणी खराल दिनरात आंशुमा डुबेकी छन् । बाबा पक्षघातले हिंडडुल गर्न सक्दैनन् । विरामी बाबु छोरा सम्झंदै ओछ्यानमा रोएर बसिरहेको घिमिरेले बताए । हिरालालका दुई छोरामध्ये जेठो छोरा श्याम खराल नेपालमै उच्चमाविका शिक्षक छन् ।
आनन्दलाई नजिकबाट चिन्ने नवलपरासीका शिक्षक यादव पौडेलका अनुभवमा साथीभाइमाझ अति मिलनसार खराल बेटिङ (जुवाघर) लतमा भने थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न