इस्लामाबाद, १० असार । पाकिस्तानी सहर कराचीमा केही दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब ८०० पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
पाकिस्तानी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार तातो हावाका कारण अहिलेसम्ममा ८०० जनाको ज्यान गइसकेको छ ।
कराचीको प्रान्तीय राजधानी नगरका कैयौँ अस्पतालमा तातो हावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको छ । त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सकहरुले जनाएका छन् । कराची सहरको करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ ।
पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रुपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ ।
तर बिहीबार भने बादल लागेकाले केही राहत महसुस गरिएको बताइएको छ । हिजोको तुलनामा बिहीबारको अवस्था केही सहज रहेको छ र जसका कारण आज ती अस्पतालमा त्यति धेरै बिरामी नपुगेको बताइएको छ । नागरिकमा तातो हावाका कारण ठूलो त्रास उत्पन्न भएकाले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग उनीहरुले गरेका छन् ।
यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् ।
केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते