काठमाडाँै, ९ असार । मुलुकको नवनिर्माण, भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्ने उद्देश्यले बिहीबार यहाँ आयोजना हुने ‘नेपालका पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा रु तीन खर्बको हाराहारीमा सहायता रकम प्राप्त हुने अपेक्षा सरकारले गरेको छ ।
नेपालका मित्रराष्ट्र तथा विकासका साझेदारलाई भूकम्पपछिको मुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी गराउने तथा विपद् व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यास र अनुभव संस्थागत व्यवस्थापन र प्रभावकारी पारदर्शी एवम् जिम्मेवारपूर्ण ढङ्गले पुनःनिर्माणका कार्यक्रमको कार्यान्वयन गर्न दातृ राष्ट्र तथा निकायबाट उक्त रकम प्राप्त हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले राससलाई बताएका छन् ।
विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रस्तुति, पुनःनिर्माण एवम् नवनिर्माणका निम्ति सरकारले अवलम्बन गरेका नीति तथा संस्थागत संयन्त्रबारे अध्यावधिक गराउने, प्राविधिक तथा वित्तीय सहायता जुटाउन आयोजित सम्मेलनमा ५० भन्दा बढी मुलुकबाट सकारात्मक जवाफ प्राप्त भएको र तिनले उल्लेख्य सहायताको आश्वासन दिएको उनले उल्लेख गरे ।
आन्तरिक स्रोत र साधनबाट मात्र पुनःस्थापना, पुनःनिर्माण एवम् नयाँ निर्माणका काम पूर्ण गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयास, प्रभावकारी ढङ्गले ती काम सम्पादन गर्न शक्तिशाली पुनःनिर्माण प्राधिकरण गठनको प्रक्रिया प्रारम्भ भइसकेकाले अन्तर्राष्ट्रिय समुदायले सहायता बढाउने विश्वास पनि उहाँले व्यक्त गरे ।
विपद्को विषम घडीमा विश्वभरबाट प्राप्त सद्भाव प्रेरणादायी प्रतिउत्तर, छिमेकी, दातृ निकाय, विकासका साझेदार, नेपालका मित्र, अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य आर्थिक एवम् भौतिक सहायता प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य हो ।
उक्त सम्मेलनको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् । रासस
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते