लन्डन । मिस यूके नेपालको ५ औं संस्करण अडिसन महिना दिनपछि आगामी २५ जुलाई, २०१५ शनिवार हुने भएको छ । गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोमा अडिसन हुन लागेको आयोजक इभेन्ट्स एण्ड आइडियाज्ले जनाएको छ ।
इभेन्ट्स एण्ड आइडियाज्की संस्थापक निर्देशक शान्ति गुरुंगले यस वर्षको मिस यूके नेपाल प्रतिष्पर्धामा पनि सक्रिय सहभागिताका लागि इच्छुक सबै युवती समक्ष आग्रह गरेकी छिन् । प्रतियोगिताका लागि आवेदन दिने युवतीहरुले विभिन्न अडिसन पार गरेपछि अन्तिम प्रतिष्पर्धामा भिड्नेछन् ।
प्रतियोगिताको फाइनल भने आगामी ५ सेप्टेम्बर, २०१५ मा प्रिन्सेस हल अल्डरसटमा हुने तय भएको छ ।
इभेन्ट्स एण्ड आइडियाज्ले वर्षेनी यस्तो प्रतियोगिता गरेर बेलायतवासी नेपाली युवतीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न प्रयत्न गरिरहेको छ । प्रतियोगितामा ताज जित्ने सुन्दरीहरु नेपालका लागि च्यारिटी देखि व्यक्तिगत करिअरका विभिन्न गतिविधिमा संलग्न रहंदै आएका छन् ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय