
लन्डन । बेलायतवासी नेपाली समुदायको आकर्षक कार्यक्रममध्येको एक गोर्खाकपको अन्तिम चरणको तयारी भइरहेको छ । तमुधीं यूकेको आयोजनामा आइतबार २५ मेमा क्वीन्स एभिन्यू खेलकुद मैदानमा हुने गोर्खा कपको तयारी धमाधम चलिरहेको आयोजकले जनाएको छ । तीनदिनअघि देखि नै खेलकुद मैदानमा खटिँदै आएको आयोजक आज शनिबार भने बाक्लो संख्यामा ओइरिएको छ ।
तमुधीं यूकेले मैदानमा बारबेर गर्ने, मार्किङ गर्ने, अतिथिको लागि बस्ने ठाउँ, मञ्च तयारीलगायत काम भइरहेको जनाएको छ । शनिबार तमुधीं यूकेका पदाधिकारी, सदस्यहरु र शुभचिन्तक गरी दुई सयभन्दा बढी मैदानमा खटिइरहेका छन् । तमुधीं यूकेको लोगो अंकित एकै रङ र किसिमका ट्र्याकसुट लगाएर आमा समूहसहितका आयोजक टोली तयारीमा जुटेको छ ।
खाजा, खाना मैदानमै व्यवस्था गरिएको छ । जहाँ नेपालबाट आएका कलाकारहरुसमेत सहभागी छन् । २३ औं संस्करणको यसपटकको गोर्खाकप आइतबार बिहान ८ देखि साँझ ८ बजेसम्म हुने जनाइएको छ ।

तस्बिर : तमुधीं यूके फेसबुकबाट
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग