४ लाख राशिको पहिचान पुरस्कारका लागि जेठभित्र पुस्तक दर्ता गर्न कोषको आग्रह

लन्डन । पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार’का लागि जेठ महिनाभित्र कृति दर्ता आह्वान गरेको छ । कोषका अध्यक्ष नरेश काङमाङ राईले सोमबार सूचना जारी गर्दै दर्ता आह्वान गर्नुभएको हो ।

‘२०८१ वैशाखदेखि चैतसम्म प्रकाशित भएका कृतिहरू पहिचान पुरस्कारका लागि पहिचान पुरस्कार कोषमा २०८२ जेठभित्रमा दर्ता गराइदिन हुनका लागि यो सूचना प्रकाशित गर्दछौँ,” सूचनामा भनिएको छ । कोषले यसबाट २०८२ सालका लागि पहिचान सम्मान गर्ने राईले जनाउनुभएको छ । ‘२०८१ सालका लागि पहिचान सम्मान गरिने भएकाले यस वर्ष कोषमा दर्ता भएका कृतिहरूलाई २०८२ सालमा प्रकाशित भई कोषमा दर्ता भएका कृतिहरूसँगै उत्कृष्ट कृति छनोट गरी पुरस्कार प्रदान गरिनेछ,’ उक्त सूचनामा भनिएको छ ।

गत वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे !’ ले प्राप्त गरेको थियो । पुरस्कारको राशि ४ लाख २ हजार २०२ रुपैयाँ रहेको छ । कोषको स्थापना २०७२ सालमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री