नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]

सान् फ्रान्सिस्को, (क्यालिफोर्निया) । क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा नेपाली परेड भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजनामा सान् फ्रान्सिस्को सिटी हलबाट सुरु भएको परेड एम्बारकडेरो प्लाजासम्म १ दशमलम ६ माइलको प्रदर्शन गरी सम्पन्न भएको हो ।

शहरको केन्द्र भागमा रहेको मार्केट सडकमा सवारी आवागमन बन्द गराएर विभिन्न भेषभुषा र झाँकीको प्रदर्शनले सडक नै नेपालमय भएको थियो । परेडमा लागि नेपाली झन्डा, फ्ल्याएर हल्लाएर नेपालको पहिचान दिइएको थियो । त्यस्तै व्यक्तिगत तथा संघ संस्थाको ब्यानर एवं जातीय पहिचान र भेष भुषामा सजिएर बहुभाषिक बहु सांस्कृतिक देशको परिचयमा मानिस उत्रिएका थिए । पञ्चकन्या, पञ्चैबाजा, शंख ध्वनी, कुमारी, धिमे, लाखे लगायतको झाँकीसहित विभिन्न संस्थाहरु ब्यनरसहति सहभागी थिए । प्रदर्शनपछिको समारोहमा कलाकारहरुले साँस्कृतिक प्रदर्शनी पनि गरेका थिए । लस एन्जलेसलगायतका वरिपरिका शहर तथा न्यू योर्क, टेक्सास, न्यू जर्सि लगायतबाट यहाँ प्रतिनिधित्व गरेका सहभागि आएका थिए ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकालको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि एनआरएरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र शाह तथा परेड अभिभावकत्व संस्था नेपाली महावाणिज्य दूताबासका महाबाणिज्य दूत लक्ष्मण खनाल, रिचमण्डका मेयर मार्टिनिज् एदुवार्दो, नेपाल आदिवासी जनजाती महाससंघ अमेरिका क्यालिफोर्निर्याका महासचवि ज्ञानकाजी लामा, नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्की लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री