
काठमाडौँ । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्त्वपूर्ण संवाद भएको उहाँको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको बताउनुभयो । नेपाल र संयुक्त अधिराज्यबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औँ वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उहाँले स्मरण गर्नुभयो ।
उहाँले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारका रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद दिनुभयो । “हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ, पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु ।”
उहाँले पूर्वब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तन र विश्व परिवेशमा देखापर्नसक्ने मुद्दाका विषयमा बहस चलाउने उद्देश्यले नेपालले स्थापना गरेको ‘सगरमाथा संवाद’को चर्चा गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, “यही मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने यो संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा संयुक्त अधिराज्यबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा छ ।”
उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चाल्र्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह गर्नुभयो । नेपालका लागि संयुक्त अधिराज्यका राजदूत फेनले नेपाल र संयुक्त अधिराज्य सँगसँगै काम गर्ने घनिष्ट मित्र रहेको उल्लेख गर्दै नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’लाई बेलायतको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
“उद्योग र आर्थिक मुद्दाहरुमा लण्डनस्थित नेपाली दूतावाससँग बेलायत निरन्तर संवादमा छ”, उहाँले भन्नुभयो, “ब्रिटिश गोर्खाको सेवा र सुविधालगायत विषयमा पनि लण्डनस्थित नेपाली दूतावाससँग संवाद जारी राखेर समस्या समाधानको प्रयास भइरहेको छ ।”
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन