
लन्डन । बेलायतमा २६ अप्रिल शनिबार आयोजित यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १-० अन्तरको गोलले पराजित गर्दै एफसी केन्टले उपाधिमाथि कब्जा जमाएको हो । विजेता टिमलाई यलम्बरहाङ कप, एक हजार पाउण्ड नगद र ट्रफी प्रदान गरियो । फार्नबोरो रनरअप इलाइटले ५ सय पाउन्ड, ट्रफी प्राप्त गर्यो ।
किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, प्रमुख अतिथी पूर्वमन्त्री विजयप्रकाश थेबे, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा मेन, भेट्रान र सुपर भेट्रान गरी कुल ३२ टिम प्रतिस्पर्धी थिए । भेट्रान समूहतर्फ धरान ११ विनर र केवाईसी यूके वारवीकसायर रनरअप बने भने सुपर भेट्रान समूहमा इलाम एफसी विजेता र मेडस्टोन गोर्खा फुटबल क्लब रनरअप भए ।
प्रतियोगिता हेर्न तमुधी यूकेका सल्लाहकार एकेन्द्र गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरुङ, नेपाल पत्रकार महासङ्घ यूकेका अध्यक्ष बिमला सेने, एन आरएन आइसीसी सदस्य लिला सेलिङ माबो लिम्बूलगायत उपस्थित थिए ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ