
लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले बर्सेनि आयोजना गर्दै आएको यलम्बरहाङ कपको १६ औं संस्करण शनिबार हुँदै छ ।
केवाईसी यूके चुम्लुङदेनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म हुने नाइन-ए साइड फुटबल टुर्नामेन्टमा यस पटक ३२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मेन तीन टिम, भेटेरेन र सुपर भेटेरेन गरी ३२ टीम छन् । आयोजकले बिहीबार अल्डरसटमा पत्रकार सम्मेलनका क्रममा टिम ड्र गराएको थियो ।
टिम ड्रका लागि किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, टुर्नामेन्ट संयोजक उपाध्यक्षद्वय शान्त हुक्पा चोङ्बाङ, दिपेन्द्र याक्सो र सचिव महेश वनेम तथा पूर्वमहासचिव जुरेन्द्र खजुम उपस्थित हुनुहुन्थ्यो । टुर्नामेन्ट सहसंयोजकहरुमा उपाध्यक्ष राजेन लाबुङ र कोषाध्यक्ष खगेन्द्र लावती रहनुभएको छ ।
विभिन्न क्याटगोरीका विजेता र रनरअपले ट्रफीसहित नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । मेन टीमका विजेताले १ हजार पाउन्ड र रनरअपले ५ सय पाउन्ड, भेट्रान र सिनियर भेट्रान टिमका विजेता, उपविजेताले क्रमश: ६/६ सय र ३/३ सय पाउन्ड पुरस्कार हात पार्ने छन् । यस्तै महिला टीमका विजेताले १५० र उपविजेताले १०० पाउन्डसहित ट्रफी पुरस्कार पाउनेछन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो