नेपाल प्रहरीका लागि २ करोड ७४ लाख रुपैयाँमा इटालीबाट किनिएको हतियारलाई वास्तविक मूल्यभन्दा दोब्बर बढी रकम तिरेको फेला परेको छ । यो प्रकरणमा १ करोडभन्दा बढी रकम अतिरिक्त भुक्तानी गरिएको अन्नपूर्ण पोष्टले मुख्य समाचार छापेको छ ।
सो समाचारमा भनिएको छ- अन्नपूर्ण पोस्टलाई प्राप्त हतियार खरिदसम्बन्धी कागजातअनुसार इटालीको बेर्रेटा कम्पनीमा बनेकाे १२ बोर सर्टगनलाई प्रतिथान २३ सय ७० अमेरिकी डलर(२३ हजार ७ रुपैयाँ) तिरिएको छ । जम्मा सय थान सर्ट गनका लागि सरकारले २ लाख ३७ हजार अमेरिकी डलर(२ करोड ३७ लाख रुपैया) तिरेको छ । ती हतियारको वास्तविक मूल्य प्रतिथान १ हजार ३८ अमेरिकी डलर पर्छ । सोही लटमा खरिद गरिएको ९ एमएम पेस्तोलमा पनि बजार मूल्यभन्दा बढी तरिएको छ। प्रतिथान ६ सय अमेरिकी डलर पर्ने सो पेस्तोललाई ७ सय ५८ रुपैयाँ भुक्तानी दिइएको छ । सविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीका अध्यक्षतामा गठित मन्त्रिपरिषदले प्रहरीका लागि सो हतियार खरिद गर्ने निर्णय गरेको थियो। रेग्मीको पारिवारिक नाताभित्र पर्ने व्यापारी दीपक भट्टको फर्मलाई मात्रै सूचीकृत गरी प्रतिस्पर्धालाई बाटो बन्द गरेर हतियार खरिद प्रक्रिया अघि बढाइएको थियो । मुल्य र खरिद प्रक्रिया मिलाउन नसक्दा ती हतियार २६ दिन भन्सारै अलपत्र परेको अन्नपूर्ण पोस्टले जनाएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी