
काठमाडौँ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ ।
अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १७० रनमा समेटियो । नेपालका लागि ओपनर निरजकुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने सन्तोष यादवले ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए । त्यस्तै अशोक धामीले २४, अभिषेक तिवारीले १७ तथा कप्तान नरेन भट्टले १३ रन जोडे ।
नेपाललाई १७० रनमा समेट्नेक्रममा अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान दुई/दुई विकेट लिए । त्यस्तै अब्दुल अजिज, नोरिस्तानि उमजाईं र नजिफुल्लाह अमिरिले समान एक ÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा ९ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक/एक विकेट लिए । नेपाल र अफगानिस्तान यु १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । जसअन्तर्गत छनोटअघि दुवै टोलीले तीन खेलको अभ्यास शृङ्खला खेल्न लागेका हुन् । अब उक्त शृङ्खलाको दोस्रो खेल यही चैत २४ गते हुनेछ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग