
लन्डन । गत २० जुनमा केन्टमा आयोजित टनब्रीज समर कार्निभलमा प्रथम नौमती बाजा गुल्मी यूके समूहले दोश्रो स्थान जितेको छ । ५० भन्दा बढि समुदायका करिब ४० हजार सहभागी कार्निभलमा नौमती धुनले दर्शक मन जितेको हो । नौमती बाजाले यसअघि लगातार तीन वर्ष प्रथम स्थान ओगटेको बाजा प्रमुख संयोजक ओमप्रसाद थापाले जनाए । टनब्रीज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित कार्निभलमा सहभागी छ । यसपटक पनि कार्निभलमा नेपाली समाज टनब्रीज सहभागी थियो ।
प्रथम नौमती बाजा गुल्मी यूके समूहले नेपाली मौलिक धुन घन्काउंदा सहभागी सबैको ध्यान खिचेको प्रमुख संयोजक थापाले सुनाए ।
यस पालीको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल, गोर्खा ह्याट र आर्मी पोसाकमा ठांटिएर मार्चिङमा सहभागी भए । उक्त अवसरमा नेपाली समाज टनब्रीज केन्टका अध्यक्ष ले. मोहन राना, सचिव भेष थापा, कोषाध्यक्ष याम गुरूड, मिडिया एवं पिआर दुर्गा बुराथोकी साथै गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, नेपाली समाज टनब्रीज केन्ट अन्तर्गत महिला समूह अध्यक्ष शिला रानासहित दिदी बहिनीहरू टिपिकल नेपाली पोशाक र बाजागँजा लिएर मार्चपासमा सहभागी भए ।
साथै नौमती समूहबाट प्रमुख संयोजक तथा ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नवनियुक्त अध्यक्ष ओम थापा, बीर बलाल, लाल काऊचा, पूर्ण बलाल, तीर्थ शाही, गोपाल थापा, भिम थापा, पदम गुरुङ, कुमार राना, याम गलामी, गायक बीरबहादुर थापा सहभागी थिए । उक्त दिन नौमती समूहका लागि खानपिनको निशुल्क प्रायोजन गोर्खा प्लानेट रेस्टुरेन्टका प्रोपाइटरहरू दिनेश महर्जन, दयाराम गिरी र केशवराज गिरीले गरिदिएका थिए ।
प्रथम नौमती बाजा गुल्मी युके समूहले बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्धन गरिरहेको छ । उक्त समूह ग्रेटर रसमुर नेपलिज कम्युनिटी र नयां युवा समेतको साझेदारीमा नेपालको महाभूकम्प पीडितका लागि च्यारिटीमा सहभागी भएको थियो । समूहले आगामी जुलाई ११ मा नेपाली मेला तथा जुलाई २६ का दिन मेन्चेस्टर मेलामा भाग लिने जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते