लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकमबाट थप एक करोड रुपैयां आज मंगलबार नेपाल पठाएको छ । दूतावासले ६५ हजार पाउण्ड प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको हो । यसअघि दूतावासले २ करोड रुपैयां कोषमा पठाइसकेको छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले हालसम्म दूई लाख २ सय ६५ पाउण्ड ९ पेन्स संकलन भइसकेको जानकारी दिएका छन् ।
सोमबारमात्र नर्दन आयरल्याण्ड नेपलिज कम्युनिटीले १९ हजार पाउण्ड दूतावास कोषलाई दिएको छ । बेलफाष्टमा आयोजित एक समारोहबीच कम्युनिटीका फण्ड रेजिङ कोअर्डिनेटर नारायण कंडेलले उक्त रकम कार्यवहाक राजदूत क्षेत्री र नेपाल ब्रिटेन उद्दार तथा राहत कोष आर्थिक समितिका संयोजक सूर्य गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा क्षेत्रीले नर्दन आयरल्याण्डवासी नेपाली र समस्त चन्दादाताहरुप्रति आभार व्यक्त गर्दै संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत पुनर्निर्माणमा खर्च हुने बताए । उनले रकम पारदर्शी ढंगले सदुपयोग हुने जनाउंदै विपतका बेला सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरि, सूर्य गुरुङले नर्दन आयरल्याण्डवासीको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
कम्युनिटीले विभिन्न गतिविधिमार्फत उक्त रकम संकलन गरेको हो । यसअघि उसले लत्ताकपडा, ब्ल्यांकेट आदि अत्यावश्यक सामाग्री समेत पठाइसकेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने