लन्डन । यतिखेर ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठ कार्यक्रम बेलायत र नेपालमा हर्षोल्लासका साथ भइरहेको छ । सेवारत गोर्खाहरु विशेष समारोहमा सरिक छन् । बेग्लै खुशीयाली र उत्साह छ उनीहरुमा । तर, यही माहोलबीच भूपू गोर्खाहरुको एउटा घटक भने निरास छ र उनीहरु गोर्खा भर्तीको दुई सय वर्ष कार्यक्रम वहिष्कार गरिरहेका छन् । विशेषगरि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले कार्यक्रम वहिष्कारलाई तीव्रता दिएको हो ।
समितिले बेलायती महारानीसमक्ष दुईसय वर्षको कार्यक्रम वहिष्कारबारे अवगत गराउंदै रक्षा मन्त्रालयले चरम अन्याय र अत्याचार गरेको व्यहोरासहित आफ्ना हक अधिकार सुनिश्चित गरिदिन गरेको अपिलमा रानी गम्भीर भएको दरवारले जनाएको छ ।
समितिले गत ४ जुन, २०१५ मा रानीलाई लेखेको पत्रको जवाफ दिंदै दरवारले रानीले समितिको पत्रमा उल्लेखित कुरालाई गम्भीर रुपमा लिएको जनाऊ दिएको हो । बकिंमहम प्यालेसकी सिनियर करेस्पोन्डेन्स् अफिसर सोनिया बोनिसीले
गत १८ जुन, २०१५ मा समितिलाई रानीको सन्देशसहित पत्र पठाउंदै रानीले यस मुद्दामा व्यक्तिगत हस्तक्षेप गर्न नमिलेपनि उक्त पत्र रक्षा मन्त्रीलाई पठाउन निर्देशन दिएको उल्लेख छ । रानी समक्ष पुर्याइएको मुद्दा रक्षा मन्त्रालयले पुनर्विचार गर्ने अपेक्षा दरबारको पत्रमा छ ।
समितिको पत्रमा ब्रिटिश रक्षा मन्त्रालयले दुई सय वर्ष देखि चरम अन्याय र अत्याचार गरेकाले खुशीयाली मनाउनुको सट्टा कार्यक्रम वहिष्कार गर्ने निर्णय गरिएको जनाइएको थियो ।
‘हाम्रा हजारौं अग्रज भोकभोकै मरे । बेलायत आएका भूपू बुढाबुढीको पनि हेरविचार गर्ने मान्छे नभएर बिजोग छ । कति नेपालबाट आउन चाहन्छन् तर सक्दैनन् । हामी आदिवासी जनजातीको राजनीतिक, धार्मिक, सामाजिक भावना ध्वस्त भयो । यस्तो अवस्थामा रक्षा मन्त्रालयले मनाइरहेको खुशीमा हामी सामेल हुन सकेनौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले पत्रको सारांश व्याख्या गर्दै वीनेपालीसंग भने ।
हाल समिति नेपालको भूकम्प पीडितका लागि अर्थ संकलनमा व्यस्त छ । समितिले बेलायतका विभिन्न ७ शहरबाट करिब २० हजार पाउण्ड संकलन भइसकेको र हुने क्रम जारी रहेको जनाएको छ । यो मानवीय सहायता लगत्तै समितिले जुलाई देखि आफ्नो आन्दोलन पुनः सुचारु गर्ने जनाएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने