
लन्डन । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले आउँदो शनिबार बेलायत सहितका मनोक्रान्तिप्रेमीलाई पनि प्रशिक्षण दिनु हुने भएको छ ।
मनोक्रान्ति टिम युकेको आयोजनामा यही मार्च २२ मा भर्चुअलमार्फत हुने कार्यक्रममा डा. योगी विकाशानन्दले प्रवचन दिन लाग्नुभएको हो । उहाँले स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट)को बारेमा प्रशिक्षण दिने मनोक्रान्ति बेलायत संयोजक नगेन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदो शनिबार मार्च २२ तारिख सदाझैं यूके समय बिहान ७-८ बजे भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कलाबारेमा श्रद्धेय गुरुङ डा योगी विकाशानन्दज्यूले मनोक्रान्तिका साधक/साधिकाहरुलाई प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।’
कार्यक्रममा मनोक्रान्तिप्रेमी साधक साधिकाहरु नेपाल, यूके, युरोप नेदरल्यान्ड, पोर्चुगल, जर्मन र स्पेनबाट पनि जोडिँदै आएका छन् । इच्छुकले मिटिङ आईडी प्रयोग गरेर नि:शुल्क जोडिन सकिने र पूर्णलाभ लिन सकिने आयोजकको भनाइ छ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ