
लन्डन । मनोक्रान्ति प्रणेता डा. योगी विकाशानन्दले आउँदो शनिबार बेलायत सहितका मनोक्रान्तिप्रेमीलाई पनि प्रशिक्षण दिनु हुने भएको छ ।
मनोक्रान्ति टिम युकेको आयोजनामा यही मार्च २२ मा भर्चुअलमार्फत हुने कार्यक्रममा डा. योगी विकाशानन्दले प्रवचन दिन लाग्नुभएको हो । उहाँले स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट)को बारेमा प्रशिक्षण दिने मनोक्रान्ति बेलायत संयोजक नगेन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदो शनिबार मार्च २२ तारिख सदाझैं यूके समय बिहान ७-८ बजे भर्चुअल जुममार्फत स्वस्थ र आनन्द जीवन जिउने कलाबारेमा श्रद्धेय गुरुङ डा योगी विकाशानन्दज्यूले मनोक्रान्तिका साधक/साधिकाहरुलाई प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।’
कार्यक्रममा मनोक्रान्तिप्रेमी साधक साधिकाहरु नेपाल, यूके, युरोप नेदरल्यान्ड, पोर्चुगल, जर्मन र स्पेनबाट पनि जोडिँदै आएका छन् । इच्छुकले मिटिङ आईडी प्रयोग गरेर नि:शुल्क जोडिन सकिने र पूर्णलाभ लिन सकिने आयोजकको भनाइ छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन