
काठमाडौं । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुग्नुभएको छ । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उहाँ बुधबार सगरमाथा शिखरमा पुग्न सफल हुनुभएको हो ।
श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराउनुभएको थियो । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेक्नुभएको थियो । श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गर्नुभएको थियो ।
फोटो पत्रकारसमेत रहनुभएकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुनुहुन्छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता