
लन्डन । पोखरा हेम्जा गुम्बाका धर्मगुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अल्डरसटस्थित गुम्बा प्रवचन दिएका छन् । उनले शनिबार १६ मे का दिन कम्ग्युर पाठ र शरणगमनबारे धार्मिक प्रवचन दिएका हुन् ।
सोही दिन बिहान बीसीसी यूकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत गुरुहरुले घेतुम्बा पाठका साथसाथै घनचक्रको पूजा गरेका थिए । उक्त पाठलाई सेचेन गुम्बा बौद्धका खेन्पो गुरु संघय, बीसीसी यूकेका खेन्पो यन्तेन, बीसीसी यूके लन्डन शाखाका धर्मगुरु खेन्पो केल्साङ्ग र खेन्पो थुप्तेन, त्यस्तै, खेन्पो पाल्देन, लामाहरु अखिल, दिनेश, कर्म, सोनाम र सानो लामाले संयुक्त रुपमा वाचन गरेका थिए ।
उक्त अवसरमा बीसीसी यूकेको तर्फबाट उपाध्यक्ष क्याप्टेन देब घले, उपाध्यक्ष मेजर हितमान गुरुङलगायतका पदाधिकारी तथा सदस्यहरु र बीसीसी यूके आमाहरुको तर्फबाट आमा प्रमुख शारदा गुरुङलगायत आमाले मण्डल अर्पण गरेका थिए ।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा महासचिव मेजर कुमार गुरुङ एमभिओले हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेको छोटो परिचय दिएका थिए । त्यस्तै, बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङले स्वागत मन्तब्य र उपाध्यक्ष क्याप्टेन देब घलेले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, कार्यक्रममा भोजन दान गरेका भक्तजनहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीईएम, धर्म तामाङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुखहरु पुष्पा गुरुङ, उर्मिला गुरुङ र जगना गुरुङलगायतको उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका पूर्व आमा प्रमुख उर्मिला गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गरेका थिए ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल