
काठमाडौँ, ६ असार । एकीकृत नेकपा (माओवादी) ले सर्वोच्च अदालतको आदेशपछि संविधान लेखनमा देखिएको अन्योलतालाई हटाउनका लागि प्रमुख राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिने भएको छ । प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको सन्दर्भमा सर्वोच्चले दिएको फैसलाले अन्योलता थपेको मात्रै नभई बाधासमेत खडा गरेको एमाओवादीको ठहर छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले संविधान लेखनमा देखिन सक्ने अन्योलतालाई हटाउनका लागि अन्तरदलीय संवादलाई जारी राख्ने निर्णय गरेको हो ।
सर्वोच्चले राजनीतिक विषयमा बोलेको र त्यसले संविधान लेखनको कामलाई अवरोध उत्पन्न गर्न सक्नेतर्फ सचेत रहँदै अगाडि बढ्नुपर्नेमा जोड दिइएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रमुख चार राजनीतिक दलका तर्फबाट फैसला सच्याउनका लागि सर्वोच्चमा आवेदन गर्ने तयारी भइरहेका बेला एमाओवादीले पनि सो विषयमा छलफल गरेको बुझिएको छ ।
बैठकमा भूकम्पपछिको पुनःनिर्माणका लागि गठन गरिन लागिएको उच्चस्तरीय प्राधिकरण, दाता सम्मेलनलगायतका विषयमा पार्टीका तर्फबाट राख्ने धारणाका विषयका कुराकानी भएको राससले जनाएको छ।
यस्तै पार्टीले भूकम्प प्रभावित जिल्लामा सञ्चालन गरेको राष्ट्रिय श्रम शिविर–२०७२ को समीक्षासमेत गरिएको बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते