
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिनुभएको छ ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ!” उहाँले भन्नुभएकोछ, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।” सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भन्नुभएको छ, “सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्।”
“यो तपाईंको लागि अन्तिम चेतावनी हो! हमाससँग तपाईंसँग अझै पनि अवसर छ त्यो हो यसले अब गाजा छोड्ने समय आएको छ,” उहाँले लेख्नुभएको छ। उहाँले अगाडि लेख्नुभएको छ, “म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुनेछैनन् ।”
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ ।
इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो । इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा