लन्डन । बेलायतवासी नेपालीहरुले ब्यग्र प्रतिक्षा गरिरहेको २८ जुनको रोयल अल्बर्ट हल कार्यक्रम सफलताका लागि बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरले शुभकामना दिएका छन् ।
राज्यमन्त्री स्वांरले आयोजक हेल्प नेपाल नेटवर्क यूकेलाई पठाएको सन्देशमा त्यस्तो महत्वपूर्ण कार्यक्रम गर्न यूके रोजिएकामा प्रसन्नता व्यक्त गर्दै शुभकामना दिएका हुन् । ‘बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष (मार्च २०१६मा) पुग्नै लाग्दा दुई देशबीच घनिष्ट सम्वन्ध र लामो मित्रता भएको यो एउटा ठूलो उदाहरण हो’, शुभकामना सन्देशमा उल्लेख छ ।
मन्त्री स्वायरले हालैको विनाशकारी भूकम्पले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायत सरकार र ब्रिटिश जनताले पीडितका लागि आत्मैदेखि सहयोग गरेको समेत स्मरण गरेका छन् ।
लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा नेपालीले पहिलोपटक कार्यक्रम गर्न लागेका हुन् । ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायत अनुभवी वाद्यवादकहरुको समूहले गीत संगीत पस्कने कार्यक्रम छ ।
आयोजकले अब थोरैमात्र टिकट बांकी रहेको जनाउंदै बेलैमा सुरक्षित राख्न आग्रह गरेका छन् । अल्बर्ट हलको वेवसाइट र टेलिफोन कलबाटै टिकट किन्न सकिने आयोजकले जनाएका छन् ।
विश्वप्रसिद्ध कलाकारहरुको समेत रोजाइमा पर्ने अल्बर्ट हलमा फ्रेंक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स्, द बिटल्स्, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एण्ड इल्टन जोन जस्ता विश्वप्रसिद्ध कलाकारहरुले कन्सर्ट गरिसकेका छन् ।
मा गएर टिकट किन्न सकिने जनाएका छन् । थप जानकारी facebook.com/helpnepal.net बाट प्राप्त गर्न सकिनेछ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा