
लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले आफूलाई मन्त्रीपदबाट बर्खास्त गरेपछि लेबर पार्टीका एक सांसद एन्ड्रयु ग्वेनेले आफूले गलत निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
सन् २०२४ को जुलाईमा भएको चुनावमा भारी मतान्तरले विजय हासिल गरे पनि स्टार्मर सरकारले आफ्ना सदस्यका कारण पहिलो सात महिनामा व्यहोर्नुपरेको यो पछिल्लो क्षति हो । प्रधानमन्त्री पि.ए.का अनुसार प्रधानमन्त्रीले एन्ड्रयु ग्वेनेको उक्त टिप्पणीको जानकारी पाउने बित्तिकै उहाँलाई कनिष्ठ स्वास्थ्य मन्त्रीपदबाट बर्खास्त गरिएको थियो ।
रिपोर्टमा ग्वेनले यहूदी विरोधी, नस्लवादी र यौनवादी टिप्पणी गरेको आरोप लगाइएको र उहाँलाई लेबर पार्टीबाट पनि निलम्बित गरिएको छ ।
“म मेरो गलत टिप्पणीप्रति गहिरो खेद प्रकट गर्दछु र मैले गरेको कुनै पनि अपराधका लागि क्षमा प्रार्थी छु,” ग्वेनले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री र पार्टीले गरेका निर्णयहरु म राम्ररी बुझेको छु ।”
ग्वेनले ह्वाट्सएप ग्रुपमा लेबर पार्टीका एक दर्जनभन्दा बढी सल्लाहकार पार्टी पदाधिकारी र कम्तीमा एक अन्य सांसदसँग सेयर गरेको सन्देशको छायाँप्रति पोस्ट गर्नुभएको छ ।
उनले एउटा घटकलाई ट्रकले ‘किचेको’ भनेर पनि ठट्टा गर्नुभएको थियो । अर्को टिप्पणीमा उहाँले आफ्ना सहकर्मीलाई फोहर सङ्कलनबारे सोध्ने ७२ वर्षीया महिलाको चाँडै मृत्यु हुने बताउनुभएको थियो ।
गत बर्षको नोभेम्बरमा लुइस हेघले संसदको सदस्य बन्नुअघि आफूले अपराध स्वीकार गरेको खुलासा भएपछि यातायात मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
जुलाई ४ को आम चुनावमा उनको लेबर पार्टीले सत्ता जितेपछि स्टार्मरको क्याबिनेटका कुनै सदस्यले उनको राजीनामा पहिलो पटक दिएका थिए।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ