
काठमाडौँ । वंशजको नेपाली नागरिकता रद्द गर्ने ऐनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले जनाएको छ ।
काठमाडौंको संवाद डबलीमा शनिबार एनआरएनए यूकेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रेम गाहामगरले आफूहरूले वंशजको नेपाली नागरिकता निरन्तरताको लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभएको हो । उहाँले विदेशमा रहँदै आएका नेपालीहरूको नागरिकता कायमै रहने व्यवस्था रहे पनि २०६३ पछि दोहोरो नागरिकता कायम नहुने प्रावधानले समस्या निम्त्याएको धारणा राख्नुभयो । उहाँले युरोप, अमेरिका लगायतका देशहरूले दोहोरो नागरिकतालाई कायम गरिरहँदा भने नेपाली नश्ल सकाउने योजनासहित सो ऐन आएको बताउनुभयो । उहाँका अनुसार ऐन खारेजीका लागि पुस १८ गते सर्वोच्चमा मुद्दा दिएको हो ।
‘नागरिकता खै’ अभियान संयोजक वासुदेव घिमिरेले गैर आवासीय नेपालीहरूको वंशजको नागरिकता निरन्तरताबाट हुने फाइदा र बेफाइदाका विषयलाई हिसाबै नगरी त्यसलाई रद्द गर्ने कानुन घातक भएको बताउनुभयो । घिमिरेले विदेशबाट आफूहरूले स्वदेशको सेवा गर्ने वातावरण मात्रै नभत्कीकन देशको राष्ट्रियतालाई जोखिम पर्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले विदेशमा भएका नेपालीको देशलाई आवश्यकता रहेको बताउँदै भन्नुभयो, “यो देशको समृद्धिको लागि हामीले विकास निर्माण र आर्थिक क्षेत्रमा लगानी गर्ने तमाम सम्भावनाको ढोका बन्द गर्नु उचित छैन, जुन कुरा निकै गम्भीर पनि छ ।”
वंशजको नेपाली नागरिकताको निरन्तरता महाअभियान नेपाल संयोजक कृष्णप्रसाद खतिवडाले नागरिकता निरन्तर हुँदा विदेशमा बस्नेहरू सबै नेपाल आएर राजनीति गर्छन् भन्ने चिन्ता मान्न नपर्ने धारणा राख्नुभयो । आफ्नो देश आउँदा पैसा तिर्नु पर्ने नतिरे बिरानो हुनुपर्ने कस्तो दुर्भाग्य, यो कस्तो दिन आए ? खतिवडाले प्रश्न गर्नुभयो ।
प्रा.डा.सुरेन्द्र केसीले गैर आवासीय नागरिकहरूको वंशजको नागरिकतालाई निरन्तरता दिँदा देशलाई फाइदा हुने बताउँदै भन्नुभयो, “हैन ऐन बनाउँदा किन गम्भीरतापूर्ण तरिकाले छलफल या बहस गरिएन, नागरिकता निरन्तरता त घाटा भन्दा ज्यादा फाइदा छ त ।” “दोहोरा नागरिकता दिँदा बदमासी बढ्छ भन्ने कारण हो भने त्यसलाई रोक्न कानुनी व्यवस्था पनि गर्न सकिन्छ नि !” केसीले थप्नुभयो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वंशजको नागरिकताबाट च्युत गर्ने प्रावधान निकै नै गलत भएको बताउनुभयो । न्यौपानेले विदेशमा रहेका नेपालीको रेमिट्यान्सबाट चलिरहेको र गैरआवासीय नेपालीको योगदानलाई अवमूल्यन गर्ने कानुनी व्यवस्था विरुद्ध सबै एकजुट हुनु पर्ने धारणा राख्नुभयो ।
अधिवक्ता कपिल ढकालले विदेशमा कमाएको आर्थिक, अनुभव र क्षमता देशमा लगानी गर्छु, योगदान गर्छु भन्दा पनि नपाउने गलत मनसायलाई तोड्न सबै एकजुट हुनु पर्ने धारणा राख्नुभयो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा