
न्यूयोर्क । अमेरिकी शहर न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।
एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिँदा उक्त घटना भएको न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले जनाएको छ । आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।
एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले जनाएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा