सोल । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ ।
बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन । पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ । अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए ।
जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा