लन्डन । नेपालबाट कलाकार झिकाएर बेलायतमा सफल कार्यक्रम गरिरहेको बीजीजे (बीरेन खड्का, गणेश गुरुङ र जीवन अधिकारी) समूहले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ ।
भूकम्पपछि निर्धारित कार्यक्रम रोक्नुको सट्टा कार्यक्रमलाई नै च्यारिटीमा समर्पित गरेको उक्त समूहले गत महिना बेलायत आएका नायिका प्रियंका कार्की र गायक गायिका शिव परियार एवं अन्जु पन्तले कार्यक्रममाझ संकलन गरेको दुई हजार ७ सय २१ पाउण्डसहित आफ्नो थपेर पीडितलाई प्रदान गरेको हो ।
आइतबार अल्डरसटस्थित निरमाया रोधीघरमा आयोजित एक कार्यक्रमबीच संकलित रकममध्ये ५० हजारको चेक प्रधानमन्त्री राहत कोषमा पठाउन एनआरएनए आइसीसी सदस्य एवं ग्लोवल च्यारिटी फण्डका सहसंयोजक कुल आचार्यलाई हस्तान्तरण गरियो । साथै समूहले भूकम्प पीडित पत्रकारका लागि ५० हजार रुपैयांको चेक नेपाल पत्रकार महासंघ बेलायतका वर्तमान अध्यक्ष चिरन शर्मा र संस्थापक अध्यक्ष नवीन पोखरेलमार्फत प्रदान गरेको छ ।
उक्त अवसरमा समूहले महसञ्चारलाई ५० हजार रुपैयां, सामाखुशी क्लवलाई ७५ हजार रुपैयां, छोप्राक गाविसमा एक लाख रुपैयां र क्याप्टेन विजय लामाको न्यानोपन च्यारिटीलाई ७५ रुपैयां बेग्लै प्रदान गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी आचार्यले समूहको सहयोगको प्रशंसा गर्दै गैर आवासीय नेपाली संघले पीडितका लागि निरन्तर सहयोग गरिरहेको जनाए । उनले संस्था कल्याणकारी काममा सधैं समर्पित रहेको जनाउंदै शेष घले अध्यक्ष भएयता संस्थाले भूकम्प पीडितलाई बाहेक करिब १३ करोड रुपैयां च्यारिटीमा खर्च गरिसकेको अवगत गराए । एनआरएनए आइसीसी सदस्य आचार्यले संघ कहिल्यै पनि सरकारको विपक्षी नभएको समेत प्रष्ट्याए । भूकम्प पीडितको राहत वितरणका क्रममा कतिपयले संघ सरकारसंग समन्वयको साटो एक्लै अघि बढेको आलोचना गरेका थिए ।
मन्तव्यका क्रममा बीजीजेका तर्फबाट गणेश गुरुङले गत महिनाको कार्यक्रमबाट संकलित रकम थोरै भएपनि पीडितलाई प्रदान गर्न पाएकामा खुशी व्यक्त गरे । ‘भूकम्प लगत्तै कार्यक्रम गर्नुको चुनौती बिर्सेर थोरै भएपनि सहयोग गर्न पाउंदा हामीलाई खुशी लागेको छ’, गुरुङले भने ।
कार्यक्रममा बीरेन्द्र खड्काले धन्यवाद दिएका थिए । उक्त अवसरमा बीजीजे समूहसहित पत्रकारहरु चिरन शर्मा, शिव भण्डारी, ध्रुवराज अर्याल, फडिन्द्र भट्टराई, रन्जित बस्नेत, वाचस्पति रेग्मी, राजकुमार थापा, नवीन पोखरेल, जेनी भट्टराई, हरिमान गुरुङ, मिलन तमु, युवा व्यवसायीहरु हरि आचार्य, पुरन गिरी, राजेन गुरुङलगायत सहभागी थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य