लन्डन । बेलायतमा बसोवास गरिरहेका धरानेहरुको वार्षिक भेला यही जुन २७, शनिवार हुने भएको छ ।
फेल्थाम कम्युनिटी कलेज हलमा बिहान ११ देखि राती १० बजेसम्म तय गरिएको उक्त भेलामा विशेष आकर्षण हुनेछन् गायक दीप श्रेष्ठ । रोयल अल्बर्ट हलमा २८ जुनमा हुने कार्यक्रमका लागि तेश्रो साता बेलायत आउन लागेका गायक श्रेष्ठलाई अतिथी सत्कार दिने समाजको योजना छ । कार्यक्रममा नेपाली दूतावाससहित अन्य विभिन्न संघसंस्थाका पदाधिकारीको समेत उपस्थिति रहने छ ।
समाजका अध्यक्ष उमेश मोक्तानले बेलायतवासी धरानेबीच पुनर्मिलन, सांस्कृतिक मनोरन्जनसहित यसपटकको कार्यक्रम धरान प्रवेशद्धार निर्माणका लागि आर्थिक संकलनमा केन्द्रित हुने जनाए । समाजले धरानमा झण्डै ८० लाख रुपैयां लगानीमा प्रवेशद्धार (वेल्कम गेट) बनाउने महत्वकांक्षी योजना अघि सारेको छ । समाजले भेलामा सहभागी हुन सबै धरानेहरुमा आग्रह समेत गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा