
लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको यस वर्षको ल्होछार/ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चले गत वर्षहरूमा जस्तै शनिबार ७ डिसेम्बर २०२४ मा अल्डरसटस्थित एम्पायर हलमा ल्होछार/ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको जनाएको छ । संस्थाका अध्यक्ष पदम गुरूङको सभापतित्वमा भएको कार्यक्रममा बेलायतस्थित तमु संघसंस्थाका अग्रजहरू र कला संस्कार संस्कृतिका पारखीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरूङ, प्रमुख सल्लाहकार एकेन्द्र तमु, संस्थापक अध्यक्ष सूर्य गुरूङ, लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरूङलगायत उपस्थित सबैले आउँदै गरेको सप्ह्री ल्होको शुभकामना दिनुका साथै चौथो रोधी साँझको पनि सफलताको कामना गर्नुभएको थियो ।
शुभकामना आदानप्रदानपश्चात् संस्थापक अध्यक्षबाट १५ मार्च २०२५ मा हुन गइरहेको रोधी साँझको टिकट वितरण गर्नुभएको थियो । त्यसै अवसरमा चाईना ओरियन्टल अल्डरसटका प्रबन्ध निर्देशक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरूङ र पानस रेस्टुरेन्टका संचालक तथा तमु धीं यूकेका सचिव बिमल गुरूङबाट रोधी साँझका लागि आर्थिक सहयोग दिएको जानकारी गराइएको छ ।
सचिव सुशील गुरूङले संचालन गरेको कार्यक्रमको अन्तमा अध्यक्ष पदम गुरुङबाट संस्थाको छोटो अपडेट र उपस्थित सबैलाई धन्यवाद र आभार ब्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा मिठोमिठो गफगाफ गर्दै एम्पायर हलबाट तयार पारिएको स्योकै (भोज) खाँदै तमु क्वोए (गुरूङ गीतहरू) गाउँदै रमाइलो गरिएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक