लन्डन । बेलायतको नेपाली समुदायमा एक भद्र समाजसेवीको रुपमा चिनिने व्यवसायी बालजंग अर्यालले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयां बढिको सहयोग प्रदान गरेका छन् । भूकम्प पीडितको सहयोगार्थ उनकै पहलमा बेलायतमा गरिएका दुई कार्यक्रमबाट संकलित ८ लाख १३ हजार ३ सय ९१ रुपैयां अर्यालले गत साता काठमाडौंमा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।
भूकम्प पीडितका लागि जुटाएको सहयोग रकम लिएर आफैं नेपाल पुगेका अर्यालले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई नै भेटेर चेक बुझाएका थिए । त्यसक्रममा अर्याल र उनकी श्रीमति कमला अर्याललाई प्रधानमन्त्री कोइरालाले विशेष धन्यवाद दिंदै विदेशमा बस्ने नेपालीले जन्मभूमिलाई दर्शाउने माया प्रशंसनीय छ भनेका थिए । त्यस्तै भूकम्पका कारण घरबारविहिन भएका गुल्मीका ३० परिवारलाई समेत अर्यालले आर्थिक सहयोग उपलब्ध गराएका छन् । आफनो पुख्र्यौली गुल्मीको शान्तिपुर आसपासको एक विकट गाउंका ती पीडित परिवारलाई प्रति परिवार दुई हजारका दरले अर्यालले कुल ६० हजार रुपैयां वितरण गरेका हुन् ।
भूकम्प पीडितको सहयोगका लागि अर्याल सञ्चालक रहेको लण्डनको सिडनहमस्थित द गोर्खाज रेष्टुरेन्टले गत मे ११ तारिखमा गरेको च्यारिटी डिनरबाट ५ लाख ७ सय ६१ रुपैयां उठेको थियो । सो सांझमा रेष्टुरेन्टले गरेको व्यापार र डोनेसन बक्समा ग्राहकहरुले गरेको सहयोगबाट उक्त रकम जम्मा भएको थियो ।
त्यसअघि मे १० तारिखमा सोहि रेष्टुरेन्टकै सहयोगमा फरेष्ट हिलस्थित हिन्दू मन्दिरमा गरिएको एक कार्यक्रमबाट ३ लाख १२ हजार ६ सय ३० रुपैयां संकलन भएको थियो । महालक्ष्मी विद्या भवन मन्दिरमा गुरु बांकिम गोसाईले गरेको भजनकिर्तन कार्यक्रमका सहभागी र सहयोगदाताहरुका लागि अर्यालकै गोर्खाज रेष्टुरेन्टले प्रसाद उपलबध गराएको थियो । त्यसक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै अर्यालसंगै एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, शोभा खरेल लगायत उपस्थित
थिए ।
विगत २५ वर्षभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका अर्याल बेलायतमा लोभलाग्दो सफलता चाखेका थोरै नेपाली व्यवसायीमध्ये एक मानिन्छन् । उनको सिडेनहमस्थित गोर्खाज रेष्टुरेन्ट साउथ ईष्ट लन्डनकै लोकप्रिय नेपाली तथा इण्डियन रेष्टुरेन्टका रुपमा स्थापित छ । त्यसबाहेक अर्याल नै सञ्चालक रहेको कान्तिपुर सर्भिसेज बेलायतकै अग्रणी र पुरानो नेपाली रेमिटेन्स् कम्पनी हो । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार तथा संस्थापकमध्येका एक अर्यालले यहांको समुदायमा एक इमान्दार व्यवसायी र भद्र समाजसेवीको छवि बनाएका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा