
लन्डन । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सहभागी हुन सन्जितकुमार राई यूके आउँदै हुनुहुन्छ । सन्जित शुक्रबार नेपालबाट युकेको साउथ वेल्स प्रस्थान गर्नुभएको छ । सन्जितलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङफु सङ्घका महासचिव कमल मगरले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
नोभेम्बर २४ तारिखमा इबिबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । उहाँले चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फममा प्रतिस्पर्धा गर्नुहुनेछ । यसअघि सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य जितिसक्नुभएको छ ।
उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जित्नुभएको छ ।
सन्जितले भारत, अष्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नाका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गर्नुभएको थियो । सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष पनि हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग