
लन्डन । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सहभागी हुन सन्जितकुमार राई यूके आउँदै हुनुहुन्छ । सन्जित शुक्रबार नेपालबाट युकेको साउथ वेल्स प्रस्थान गर्नुभएको छ । सन्जितलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङफु सङ्घका महासचिव कमल मगरले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
नोभेम्बर २४ तारिखमा इबिबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा हुने प्रतियोगितामा सन्जितले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । उहाँले चाइनिज क्रिएटिभ फम र चाइनिज ट्रेडिसनल फममा प्रतिस्पर्धा गर्नुहुनेछ । यसअघि सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य जितिसक्नुभएको छ ।
उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जित्नुभएको छ ।
सन्जितले भारत, अष्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नाका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गर्नुभएको थियो । सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष पनि हुनुहुन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो