
काठमाडौं । नेपाल तामाङ घेदुङको सहकार्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा गत आश्विन १०–१२ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाएका परिवार र पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।
मंगलबार काभ्रेको तेमाल गाउँपालिका वडा नं. १, २, ४, ७ र नमोबुद्ध नगरपालिका वडा नं. ५ का मृतक परिवारलाई प्रतिव्यक्ति रु.२४ हजार र पहिरोबाट प्रभावित परिवारलाई रु. ३ हजार ५ सयका दरले परिषद्का महासचिव टासी लामा र घेदुङका महासचिव जगतमान लामा (दोङ) ले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । नेपाल तामाङ घेदुङको हालै बसेको सचिवालय बैठकले बाढी पहिरोबाट अतिप्रभावित काभ्रेका रोशी, तेमाल, बेथानचोक, नमोबुद्ध र ललितपुरको कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकाका मृतक परिवारलाई राहत वितरण गरिने दिने निर्णय गरेको थियो ।
नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्सँग सम्बद्ध विभिन्न संघसंस्था र नेपाल तामाङ घेदुङका सल्लाहकार र कार्यसमिति समेत गरी कूल रु. १७,१८२९०।– (अक्षरुपी सत्रलाख अठार हजार दुई सय नब्बे मात्र) संकलन भएको थियो । मृतक परिवारलाई राहत वितरणका लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, नेपाल तामाङ घेदुङ विपद् व्यवस्थापन समितिका सदस्य हिरालाल तामाङ, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष राजकुमार तामाङ, सचिव निमा ब्लोन, नेपाल तामाङ घेदुङ इजरायलका प्रतिनिधि कुमारी गाल्देन र तामाङ समाज जापानका प्रतिनिधि दिपेन्द्र योन्जन र पत्रकार अनिस तामाङसमेत पुग्नुभएको थियो ।
उक्त अभियानमा नेपाल तामाङ घेदुङ इजरायल, नेपाल तामाङ घेदुङ रोमानिया, नेपाल तामाङ समाज जापान, तामाङ समाज पोर्तुगल, तामाङ समाज युके, तामाङ समाज बेल्जियम, नेपाल तामाङ घेदुङ मलेसिया र प्रवासी सृजनशील महिला समूह इजरायलले साथ दिएको घेदुङका महासचिव लामाले जानकारी दिनुभयो ।
उहाँले केहीदिनभित्र तोकिएका बाँकी क्षेत्रमा पनि राहत वितरण गरिने बताउनुभयो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु