
लन्डन । प्लेमाउथ नेपलिज कम्युनिटीले भूकम्प पीडितका लागि ६ हजार पाउण्ड (करिब दश लाख रुपैयां) प्रदान गरेको छ । कम्युनिटीले बकेट र अन्य अभियानबाट संकलित रकम गैर आवासीय नेपाली संघ, बेलायतलाई हस्तान्तरण गरेको हो ।
कम्युनिटी अध्यक्ष दिपक ढकालले प्लेमाउथवासी बेलायतीको सहयोगी भावनाको प्रशंसा गर्दै दाताहरुप्रति आभार व्यक्त गरेका छन् । संस्थाले १२ दिनजति प्लेमाउथका सडकमा गएर चन्दा संकलन गरेको थियो । ढकालले उक्त रकम पुनर्निर्माणमा खर्च गर्न आव्हान गरिने जनाए ।
प्लेमाउथ सिटी काउन्सिलले पनि कोषवृद्धि अभियानमा साथ दिएको थियो । काउन्सिलका कर्मचारी केभिन म्याक केन्जीले लन्च ब्रेकमा ४१३ पाउण्ड संकलन गरेका थिए ।
उता, प्लेमाउथकै नेपाली रेष्टुरेन्ट द गंगेज एण्ड गोर्खा रेष्टुरेन्टले आगामी २८ जुनमा एउटा च्यारिटी डिनर गर्ने भएको छ । रेष्टुरेन्ट सञ्चालक लक्ष्मण गिरीले डिनर र संगीतसहितको कार्यक्रम गरि चन्दा संकलन गरिने जनाए । गत महिना उक्त रेष्टुरेन्टले यस्तै कार्यक्रम गरि १५०० पाउण्ड संकलन गरेको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते