
लन्डन । साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिस (आईएएसीपी)को अध्यक्ष नियुक्त हुनुभएको छ ।
युनिभर्सल पिस फेडरेसनअन्तर्गत सञ्चालनमा रहेको आईएएसीपी एउटा विश्वव्यापी संजाल हो । जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरूमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ । आफ्नो नयाँ भूमिकामा, डा. श्रेष्ठले आईएएसीपीको मिसनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नुहुनेछ । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य डा श्रेष्ठको छ ।
युनिभर्सल पिस फेडरेसन बेलायतका महासचिव रोबिन मार्शले भन्नुभयो, ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ र उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ ।’
डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेसनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लन्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उहाँको समर्पणलाई प्रतिबिम्बित गर्दछ । ‘यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु,’ डा. श्रेष्ठले भन्नुभयो, ‘म युनिभर्सल पिस फेडरेसन बेलायतप्रति यो अवसरका लागि आभारी छु । आईएएसीपी र यूपीएफका प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।’
युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । आईएएसीपीजस्ता नेटवर्क र पहलहरू मार्फत यूपीएफ विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन