लन्डन । गुल्मी जिल्ला समाज यूकेले नेपालको भूकम्प पीडितका लागि कुल १० लाख रुपैयां सहयोग उपलब्ध गराएको छ । समाजका पदाधिकारीहरुले बुधबार लन्डन दूतावास गएर कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई पांच लाख रुपैयां हस्तान्तरण गरे भने बेग्लै ५ लाख रुपैयां गुल्मी जिल्लामै दिइएको हो ।
समाजका अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी, सचिव शिव भण्डारी ,सह कोषाध्यक्ष राजन खरेल, सल्लाहकार कमल भण्डारी, सल्लाहकार गोकर्ण बस्नेत, मिडिया सेक्रेटरी फडिन्द्र भट्टराई लगायत अन्य सदस्यहरु दूतावास पुगेका थिए ।
आफ्ना सदस्य एवं शुभचिन्तकहरुबाट संकलित रकम दूतावासमार्फत् प्रधानमन्त्री राहत कोष पठाउन चेक हस्तान्तरण गरिएको समाजका महासचिव राम गलामीले जानकारी दिए । चेक बुझेपछि कार्यवाहक राजदूत क्षेत्रीले समाजका पदाधिकारीलाई धन्यवाद दिंदै समाजको सामाजिक कार्यको प्रशंसा गरे ।
उता, गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोती भण्डारीले बुधबार नै जन्मभूमि गुल्मी पुगी जिल्ला राहत कोषमा ३ लाख रुपैयां हस्तान्तरण गरेका छन् । यसअघि भूकम्प लगत्तै गत मे १६ तारिखमा समाजका मिडिया सेक्रेटरी फडिन्द्र भट्टराईले गुल्मी जिल्लाको भूकम्पग्रस्त क्षेत्र खड्ककोट पुगी दैवी प्रकोप राहत कोषमार्फत् २ लाख रुपैयांभन्दा बढिको तत्काल आपतकालीन सहयोग वितरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेले विनासकारी भूकम्पलगत्तै अप्रिल २६ मा आफनो वार्षिक साधारण सभामार्फत् समाजका सदस्य एवं शुभचिन्तकमा अपिल गर्दै चन्दा संकलन थालेको थियो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च