
लन्डन । बेलायतमा आइतबार हुने रसमुर वेलेस्ली १० किमि र गोर्खा भीसी ५ किमि दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका अध्यक्ष मन गुरुङले दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार दौड बिहान साढे १० बजे सुरु हुनेछ । सुरुमा १० किमिको रसमुर वेलेस्लीका सहभागीलाई दौडाइने छ । लगत्तै गोर्खा भीसी र २ किमिको फन रन सुरु गरिनेछ ।
दौड प्रतियोगिता अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ । १० किमि दौडका लागि ६ सय ३२ जनाले नाम दर्ता गरेका छन् । त्यस्तै ५ किमिको गोर्खा भीसी दौड प्रतियोगिताका लागि ३५ जनाले भाग लिने अध्यक्ष गुरुङले जनाउनुभयो । गोर्खा भीसी दौड भने अध्यक्ष गुरुङकै कन्सेप्टमा यस वर्षदेखि सुरु हुन लागेको हो ।

प्रतियोगितामा विजेता, उपविजेतासहित सहभागीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र लगायत पुरस्कार दिइनेछ ।
दौड प्रतियोगिताहरु जीआरएनसी, ब्ल्याक वाटर भ्याली रनलगायत संस्थाहरुबीचको सहकार्यमा हुन लागेको हो ।

बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो