
लन्डन । नेपाली गीत संगीतको विश्व बजारको दायरा फराकिलो भए संगै नेपाली गीतको भिडियो निर्माणमा तीव्रता आएको छ । साथै देशमा मात्र नभएर विदेशका विभिन्न स्थानमा समेत नेपाली म्यूजिक भिडियोहरु निर्माण गर्ने क्रम आकाशिएको छ ।
प्रविधिको विकाससंगै भिडियोमा पृथक प्रयोग सबैको अपेक्षा छ यतिखेर । यही क्रममा विल्कुल नयां प्रयोगका साथ बेलायतमा एक भिडियो निर्माण भएको छ । रमेश दहालको शब्द, जेम्स प्रधानको संगीत रहेको गीतमा भिडियो बनेको हो । यसमा शैलेश महर्जनको स्वर छ र शैलेशको पहिलो गीत हो यो । यही गीतमा बेलायतको बोर्नमाउथ, आयल अफ वेट, पोल सेन्टर लन्डन जस्ता निकै महंगो र रमणीय लोकेसनमा भिडियो छायांकन गरिएको छ । भिडियो भिन्न देखाउने उद्देश्यले भिडियोमा ड्रोनको प्रयोग गरिएको छ भने पानी मुनी र समुद्री बोटमा पनि छायांकन गरिएको छ । यू ट्यूबबाट केही साता अघि नै सार्वजनिक गरिएको यो भिडियो नेपाली विभिन्न संचार माध्यमबाट यसै साता सार्वजनिक गरिंदै छ ।
भिडियो छायांकन, सम्पादन तथा निर्देशन लन्डनस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।
भिडियोमा बेलायतको नेपाली डायष्पोराकी चर्चित मोडल तथा नायिका सव्रिना श्रेष्ठको हट अवतार देख्न सकिन्छ । तीन दिन लगाएर छायांकन गरिएको हो भिडियो । यस भिडियोमा कुशललाई प्रविधितर्फ कृष्ण सुवेदी, सूर्य मोक्तान, दिपस कार्की लगायतले साथ दिएका छन् । हरेक भिडियोमा फरकपन ल्याउन चाहने निर्देशक श्रेष्ठ यो भिडियो पनि अन्य भन्दा फरक भएको दावी गर्छन् । श्रेष्ठले एक दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन् ।
भिडियो
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार