लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियासहित शाही सदस्यहरु ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्षगांठका अवसरमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
मंगलबार सांझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा आयोजना गरिएको विशेष समारोहमा महारानीसहित राजकुमार फिलिप, चार्ल्स र ह्यारीसमेत सामेल थिए । राजकुमार चार्ल्स रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ हुन् भने ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए ।
उक्त गोर्खा २०० पेजेन्टमा उपस्थित हुने १४ सय पाहुनामध्ये ब्रुनाइका सुल्तान पनि सरिक थिए ।
भूपू गोर्खा र तिनका परिवारका लागि आर्थिक तथा स्वास्थ्य सुविधा उपलव्ध गराइरहेको गोर्खा वेलफेयर ट्रष्टले समारोह आयोजना गरेको हो ।
सयौं गोर्खा सहभागी उक्त कार्यक्रममा ब्रिगेड अफ गोर्खाज् ब्याण्डको प्रस्तुति विशेष आकर्षण रह्यो । उक्त अवसरमा नेपालमा भूकम्पमा दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण समेत गरियो भने गोर्खा इतिहास झल्कने विभिन्न सामाग्रीको प्रदर्शनी पनि राखिएको थियो ।
मन्तव्यका क्रममा ट्रष्टका संरक्षक प्रिन्स अफ वेल्स् चार्ल्सले गोर्खाहरु बेलायती मुकुटका लागि लड्ने योद्धामात्र नभएर एउटा परिवार समेत भएको उल्लेख गरे ।
गोर्खा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलउडले ट्रष्टले गोर्खा भेट्रान र तिनका परिवारलाई आर्थिक सहयोग मात्र नगरेर भूकम्पपछि नेपालको पुनर्निर्माणमा समेत सघाएको जनाए ।
इतिहासवीद डान शो र भूपू गोर्खालाई आवासीय अधिकार दिलाउन सफल अभिनेत्री जोआना लुम्लेले कार्यक्रमको वर्णन गरेका थिए ।
तस्विरहरुः दि गोर्खा ब्रिगेड एसोसिएसन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा