मिनि ससद भनेर संसदीय समितिहरुले दस महिनापछि बुधबार नेतृत्व पाउने भएका छन् । संसद सचिवालयले समिति सभापति चयनका लागि बुधबार बेलुकी ५ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । व्यवस्थापिका–संसदको कार्यसञ्चालन नियमावलीमा संसदअन्तर्गत १० वटा विषयगत, एक विधायन र एक संसदीय सुनुवाइ विशेष समिति गरी १२ वटा समितिको चुनाव बुधबार हुन लागेको हो ।
व्यवस्थापिका–संसद मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
दलहरुबीच समितिहरुको भागबण्डा भैसकेको छ । जसअअनुसार मध्ये ४–४ वटाको नेतृत्व कांग्रेस र एमाले, २ वटामा एमाओवादी, राप्रपा नेपाल, मधेसवादी दल र साना दलमध्ये एकले एक–एक सभापति पाउने छन् ।
संसदीय सुनुवाइमा कुलबहादुर गुरुङ, उद्योग वाणिज्य तथा उपभोक्ता हितमा भीष्मराज आङदेम्बे, राज्य व्यवस्थामा दिलबहादुर घर्ती र कृषि तथा जलस्रोतमा गगन थापाले कांग्रेसले सभापति बनाउने भएको छ ।
एमालेको भागमा परेको अर्थ समितिमा प्रकाश ज्वाला, सुशासन तथा अनुगमन समितिमा शेरधन राई, विकासमा रविन्द्र अधिकारी र महिला, बालबालिका, जेष्ठ नागरिकमा रञ्जु झा सभापतिको रुपमा अघि सारेको छ ।
एमाओवादीको भागमा परेका दुई समितिमध्ये लेखा समिति सभापतिमा जनार्दन शर्मा चयन भइसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको नेतृत्व प्रभु साहले गर्ने छन् । राप्रपा नेपालले सुशीलकुमार श्रेष्ठले सामाजिक न्याय तथा मानवअधिकारमा सभापति बनाउने भएको छ ।
मधेसवादी दलका तर्फबाट फोरम लोकतान्त्रिकका जनकराज चौधरीले वातावरण संरक्षणकोे नेतृत्व गर्ने तयारी भएको छ । विधायन समितिको नेतृत्व साना दलका तर्फबाट एक नेताले गर्ने सहमति भए पनि साना दलबीच सहमति कायम हुन बाँकी नै छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’